रोनाल्डो बिनाकाे खेलमा युभेन्टसको सहज जित
बुधबार, २० चैत २०७५, ०८ : २९
एजेन्सी - चाेटका कारण क्रिस्टियानो रोनाल्डो अनुपस्थित भएकाे खेलमा युभेन्टसले काग्लीयरीमाथि २–० गोलको जित हात निकालेकाे छ । इटालियन सिरी ‘ए’अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसलाई जित दिलाउन लियोनार्डो बोनुचि र मोइस केनले गोल गरेका थिए ।
युभेन्टसले २२ औं मिनेटमा बोनुचीको गोलमा अग्रता लिएको थियो । त्यसपछि ८५ औं मिनेटमा केनले गोल गर्दै युभेन्टसको जित सहज बनाएका थिए । उपाधि नजिक रहेको युभेन्टसले जितसँगै ३० खेलबाट ८१ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको नापोलीको ६३ अंक छ । तेस्रो स्थानमा रहेको इन्टर मिलानको ५३ अंक छ । युभेन्टससँग हारेको काग्लीयरी ३३ अंकसहित १३ औं स्थानमा छ । मंगलबार राति नै भएको अर्को खेलमा उडिनेस र मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण