आँधी प्रभावितको घर बनाउन सरकारले दियो नेपाली सेनालाई जिम्मा
काठमाडौं– सरकारले आइतबार राती बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर बनाइदिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि भएको छ । घर वर्षायाम अघि नै बनाइने सरकारको तयारी छ । प्रवक्ता बास्कोटाका अनुसार घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ ।
यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण प्रदेश नम्बर २ का प्रमुख सचिवले गर्ने छन् भने जसमा सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् ।
आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।
नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षति भएको जानकारी दिए ।
यस्तै एक हजार तीनसय ४२ घरमा आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।
बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्यांक निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण