बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन्दीपको टोली दिल्ली क्यापिटल्सकाे अर्को हार

शुक्रबार, २२ चैत २०७५, ०८ : ०४
शुक्रबार, २२ चैत २०७५

एजेन्सी - नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अर्को हार खेपेको छ । बिहीबार राति भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग पाँच विकेटले पराजित भएकाे हाे ।

फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको एक सय ३० रनको लक्ष्य पाएको हैदरावादले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । हैदरावादको जितमा जोनी बेर्सस्टोले ४८ रन बनाए । मोहमद नाबीले अविजित १७ र विजय शंकरले १६ तथा डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०–१० रन बनाए ।

बलिङमा दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले एक-एक विकेट लिए । नेपालका सन्दीपले चार ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट लिएका हुन् । याेसँगै सन्दीपले यस सिजन तीन खेलबाट चार विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले ४३ रन बनाए । अक्षर पटेलले अविजित २३, क्रिस मोरिसले १७, शिखर धवन १२ र पृथ्वी शले ११ रन बनाए । बलिङमा हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले दुई-दुई विकेट लिए । यस जितसँगै हैदरावादले चार खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट चार अंक बनाएको दिल्ली पाँचौ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप