बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दार्चुला सदरमुकाममा खानेपानीको चरम अभाव, दमकलबाट पानी वितरण

शुक्रबार, २२ चैत २०७५, १० : ४२
शुक्रबार, २२ चैत २०७५

प्रकाश चन्द्र भट्ट

दार्चुला सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी कम हुन थालेपछि सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव भएको हो ।

सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि महाकाली नगरपालिकाले शुक्रबारदेखि निःशुल्क पानी वितरण गर्न थालेकोे छ ।

सदरमुकाम बाट केही किलोमिटर टाढा रहेको धौलीगाड खोलाबाट पानी दमकलमा ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई पानी वितराण गरिँदैछ ।

खोलाबाट ल्याइएको पानी पानी पिउन समेत योग्य रहेको नगरपालिकाले जनाएको छ ।

खानेपानीको चरम अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उद्देश्यले नगरपालिकाको आफ्नै दमकलबाट निःशुल्क रुपमा नगरवासीलाई पानी वितरण गरिरहेको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष पुस्कर राज जोशीको भनाइ छ ।

जिल्ला सदरमुकाम क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा यहाँका स्थानीयहरू बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन् । सदरमुकामबासी अहिले जिल्ला नजिकको खानेपानीको मूलमा धाउन बाध्य छन् । मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप