कविता : दुई पाइलटको जहाज
अर्जुनराज पन्त
कहिले पुग्ला गन्तव्यमा दुई पाइलटको जहाज
हल्लै अति मन्द गति मात्र ठूलो आवाज
एउटा सिटमा दुइटा पाइलट बसे जानाजानी
मै चलाउँछु जहाज भन्दै गर्दै खिचातानी
एक्लै छोड्दा एक अर्कामा शङ्का भए र हो कि
हिँड्दा रछन् एकअर्कालाई सँगैसँगै बोकी
साँघुरो त्यो एउटा कुर्सी दुइटा पाइलट बसी
गन्तव्यमा पुग्ने हो कि जल्छ भुइँमा खसी
दायाँ बायाँ बस्ने पाइलट एकै ठाउँमा बस्दा
तिमी पनि बाँचौला र भुइँमा जहाज खस्दा ?
जहाजलाई गति दिने मात्र एउटा चाबी
त्यही चाबीमा हुँदा आज दुइटा पाइलट हाबी
कुहिरोभित्र अलमलिएर हराएझैँ बाटो
गतिविहीन जहाज भयो हुँदा मनमा फाटो
एउटा ताक्छ दक्षिण दिशा अर्को ताक्छ उत्तर
सीधै अघि बढ्ने जहाज भयो ठाडो पुच्छर
दुइटा ब्रान्डका फरक इन्जिन परीक्षण उडान
न त मिल्छ आकार गति न कसिलो जडान
नराम्ररी हल्लियो जहाज खस्लै जस्तो गरी
क्यबिनको ढोका खोल्दै निस्की एउटी परी
सुन्दरी त्यो एअर होस्टेज रैछै स्वरकी धनी
सबै यात्रु शान्त पार्दै गीतैबाट भनी
उसले भने सुन्थे कि खै भने जस्तो गरी
यात्रु सबै जम्मा भए उसकै वरिपरि
दुई पाइलटको मनमुटाबमा खस्ने हो कि जहाज
लौ न नानी भित्र गएर सुनाउ न यो आवाज
एउटा मुख्य अर्को सहायक हुनुपर्ने ठाउँमा
जहाजै पो धराप भयो गठबन्धनको नाउँमा !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण