कविता : नरसम्भार
-चण्डिका भट्टराई
हे मनुष्य !
तिमीलाई पनि उही भगवानले सृष्टि गरे
हामीलाई पनि उनै भगवानले
तिमीलाई मनुष्य जाति बनाए
अनि हामीलाई जनावर जाती
उसैगरी भरे प्राण दुवैमा
उस्तै बनाए फेर्ने श्वास पनि
खोइ, कतिबेला मागेछन् तिनै भगवानले
हामी जनावर जातिको बलि
अनि कतिबेला दिएछन् तिमी
मनुष्य जातिलाई यो अधिकार
हामी जनावर जातिको प्राण हर्ने अधिकार ।
हे मनुष्य !
तिम्रो जस्तै ढुकढुक गर्ने मुटु
हाम्रो शरीरभित्र पनि
बग्छ उसैगरी रातो रगत
दुख्छ हामीलाई पनि काट्दा
काँप्छ यो सानो मुटु बेसरी
छटपटी हुन्छ
औडाहा हुन्छ,
जब बिसाउँछौ त्यो धारिलो हतियारको भारी
कमजोर यो शरीरमाथि ।
हे मनुष्य !
तिमीले जस्तै विपतमा पर्दा
गुहार्न मन लाग्छ मद्दतका लागि
चिच्याउन मन लाग्छ
कराउन मन लाग्छ
पुकार सुनी कोही आउला कि
बचाउन भनी ।
तिमीलाई जस्तै चोट लाग्दा
आउँछ आमाको सम्झना अति
तिमीले जस्तै ‘ऐय, आत्था’ भन्न नसके पनि
पोल्छ, पोलिरहन्छ भतभती ।
उम्केर जाने
फुत्केर भाग्ने प्रयास
सब हुन्छ बेकार
छाउन थाल्छ आँखा वरिपरि अन्धकार
फितलो बन्दै जान्छ बाँच्ने आश ।
हे मनुष्य !
तिमीलाई जस्तै अन्तिम घडीमा
याद आउँछ भगवानको
पोस्न मन लाग्छ आफ्नै भाग्यमाथि
कथित आफ्नो पशु जन्ममाथि
छुट्दै जाँदा यो देहबाट प्राण
भगवानसँग प्रश्न गर्न मन लाग्छ
हे भगवान !
के तिमीलाई साँच्चै खेल्न मन लागेको हो त रगतको होली ?
हामी निर्दोष पशुको रगतको होली !
के तिमीलाई साँच्चै मन पर्छ रगतले लतपतिएको तिम्रो आँगन ?
सदाझै तिमी मौन छौ भगवान !
अनि तिम्रो मौनताको फाइदा उठाइरहेछन
तिमीले बनाएका यि मनुष्य जाति।
तिम्रै मन्दिरमा
तिम्रै नाममा
तिम्रै अगाडि
तिमीले नै जन्माएका सन्तानमाथि
भइरहेछ लगातार
यो अत्याचार
हामी पशुलाई त निर्विवेकी बनायौ तिमीले
हेर भगवान !
तिम्रा विवेकशील प्राणी
निर्ममताको पराकाष्ठा नाघ्दै
गरिरहेछन् यो नरसंहार
तिम्रा विवेकशील प्राणी गरिरहेछन् यो नरसम्भार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण