कविता : रक्सीको कथा
लक्ष्मण सिटौला
बोतलबाट गिलासमा झरेपछि
रक्सीले मलाई हेरेर भन्यो–
मलाई पिउनुस् निर्धक्क पिउनुस् !
पिएर रित्तिएको गिलासत हो जिन्दगी
पिउनैत छ आखिर लाग्नी गरेर पिउनुस
इन्द्रेणीले खोला सोसेर आकाश पुर्याउँछ भन्छन
मात नलागेत केको मजा
रक्सी सग पीडालाई सितन बनाउँदै पिउनुस्
नसाको मजामा एकछिन आफैलाइ बिर्सेर पिउनुस्
पिउनुको मातमा आफैलाई खोजेर पिउनुस
खोलाले पनि साउन पिएकै हो
पहाडले पनि झरी पिएकै हो
वैशाखले वसन्त पिएकै हो
तरुणी ओठहरुले बैँस पिएकै हो
पिउनुस निर्धक्क पिउनुस
बैंसले छोडेर गएपछि निदाउँछन फूलहरु पनि
भोलि कसले पो देखेको छ र ?
हिजोलाई आजले पिए जस्तै
आजलाई भोलिले पिउने छ
को छ र नपिउने यहाँ ?
त्यसैले कविजी ! मलाई पिउनुस निर्धक्क पिउनुस
ब्यापारीको ओठमा पुगेर मेरो मृत्यु हुनुभन्दा
एउटा कविको ओठमा पुगेर मृत्यु भोग्नु
आह त्यो पो मजा !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण