बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्सनललाई एभर्टनको झट्का

सोमबार, २५ चैत २०७५, ०८ : ०४
सोमबार, २५ चैत २०७५

एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई कमजोर प्रतिद्वन्द्वी एभर्टनले नमिठो झट्का दिएकाे छ । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनल एभर्टनसँग १–० गोलले पराजित भयो ।

घरेलु मैदानमा एभर्टनलाई जिताउन फिल जगिलकाले निर्णायक गोल गरे । फिलले १० औं मिनेटमा गरेको गोल नै एभर्टनका लागि प्रयाप्त बन्यो । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा लगातार गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेन् । यस हारले आर्सनललाई शीर्ष चारमा रहन मुस्किल बनाएकाे छ ।

तर, ३२ खेलबाट ६३ अंक बनाएको आर्सनल अहिले चौथोँ स्थानमै छ । पाँचौं स्थानमा रहेको चेल्सीको पनि समान ६३ अंक छ । एभर्टन ४६ अंकसहित नवाैँ स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ८२ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८० अंक र तेस्रो स्थानमा रहेको टोट्टनहामको ६४ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप