वाटफोर्ड एफए कपको फाइनलमा
एजेन्सी - वाटफोर्ड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा वाटफोर्डले अतिरिक्त समयमा वल्भ्सलाई ३–२ गोलले हराउँदै वाटफोर्डले फाइनलमा स्थान बनाएको हो ।
खेलमा वल्भ्सले सुरुवाती अग्रता लिएको थियो । जाभिएर डोहर्टिले ३६ औं मिनेटमा गोल गर्दै वल्भ्सलाई अगाडि बढाए । ६२ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे । सन् १९६० पछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको वल्भ्स अन्तिम समयमा सम्हिलन सकेन ।
खेल सकिन ११ मिनेट बाँकी छन्दा जेरार्ड डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफको इन्जुरी समयमा ट्रोय डिनीले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा धकलिएको खेलमा वाटफोर्डले १०४ औं मिनेटमा निर्णायक गोल गर्यो ।
जेरार्ड डेउलोफेउले व्यक्तिगत दोस्रो गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्याएका थिए । वाटफोर्ड सन् १९८४ पनि पहिलो पटक एफए कपको फाइनलमा पुगेको हो । उपाधिका लागि वाटफोर्डले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण