पीएसजी स्टार्सवर्गसँग बराबरीमा रोकियो
एजेन्सी - पेरिस सेन्ट जर्मन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको छ । लिगमा पीएसजीको यो तेस्रो बराबरी हो ।
आइतबार राति घरेलु मैदानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएपछि पीएसजीले उपाधिको लागि अर्काे खेल कुर्नु पर्ने भएको छ । यदि स्टार्सवर्गलाई हराएको भए पीएसजीले आठ खेल अघि नै लिग उपाधि जित्ने थियो ।
पीएसजीका लागि इरिक म्याक्सिम चुपो मोटिङले १३ औं र थिलो केहरेरले ८२ औं मिनेट गोल गरे । स्टार्सवर्गका नुनो डा कोस्टाले २६ औं र एन्थोनी गोन्काभेसले ३८ औं मिनेटमा गोल गरेका थिए ।
चोटका कारण अहिले पीएसजीका स्टार नेमार र इडिन्सन कभानी आराममा छन् । यस खेलमा पीएसजीले केलियन एमबाप्पे र एन्जल डि मारियालाई पनि विश्राम दिएको थियो । यस बराबरीसँगै पिएसजीले ३० खेलबाट ८१ अंक बनाएको छ । पीएसजीले दोस्रो स्थानको लिलेभन्द २० अंकले अगाडि छ । लिलेको ६१ अंक छ । स्टार्सवर्ग ४३ अंकसहित नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण