पेलेलाई भेट्न अस्पताल पुगे नेइमार
एजेन्सी - ब्राजिलियन महान फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्र नलीमा समस्या आएपछि फ्रान्सको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । यसै क्रममा ब्राजिलका युवा स्टार नेइमार जुनियर पेलेको स्वास्थ्य अवस्था बुझ्न सोमबार अस्पताल पुगेका छन् ।
७८ वर्षीय पेले रोग निको नहुँदै अस्पतालबाट डिस्चार्ज हुन लागेपछि नेइमारले केही समय अस्पतालमै बस्न आग्रह गरेका थिए । नेइमारले पेलेलाई रोक्न सफल भएको समाचार बाहिर आएको छ । नेइमारले पेलेसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार यसै साताबाट पेरिस सेन्ट जर्मन (पीएसजी)को प्रशिक्षणमा फर्कने छन् ।
पेलेलाई अघिल्लो साता फ्रान्सका अर्का स्टार केलियन एमबाप्पेले पनि भेटेका थिए । एमबाप्पेसँगको भेटमा पेलेले आफ्नो समस्यामा बिस्तारै सुधार हुँदै गएको बताएका थिए । नेइमारसँगको भेटमा पेलेले आफूलाई ठीक भएको र छिट्टै नियमित काममा फर्कने बताएका छन् । पेलेले उपचारमा संलग्न सबै चिकित्सकलाई धन्यवाद पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण