बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोट्टनहामसँग सिटी पराजित

बुधबार, २७ चैत २०७५, ०९ : ०२
बुधबार, २७ चैत २०७५

एजेन्सी - च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीलाई टोट्टनहामको झट्का लागेको छ । मंगलबार राति भएको खेलमा सिटी टोट्टनहामसँग १–० गोलले पराजित भयो । घरेलु मैदाना टोट्टनहामलाई जिताउन एक मात्र गोल दक्षिण कोरियाली स्ट्राइकर ह्युङ मिन सनले गरेका थिए ।

सनले ७८ औं मिनेटमा एकल प्रयासमा गोल गर्दै टोट्टनहामलाई जिततर्फ लगेका थिए । पहिलो हाफको सुरुवातमै पाएको पेनाल्टीमा चुक्दा सिटीले खेलभर दबाब झेल्यो । सिटीका सर्जियो एग्युरोले पेनाल्टी मिस गरेका थिए । सर्जियोको प्रहारलाई टोट्टनहामका गोलरक्षक ह्युगो लोरिसले सजिलै बचाएका थिए ।

टोट्टनहामका ड्यानी रोजले डिबक्सभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टी दिएका थिए । त्यही पेनाल्टी गुमाउँदा सिटी खेलमा फर्कन सकेन । पहिलो लिगमा पछि परेको सिटीले दोस्रो लिग अर्को साता घरेलु मैदानमा खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप