बिस्केट जात्राः होस्टे र हैंसे (हेर्नुहोस् २० तस्बिरमा)
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । जसलाई ‘बिस्का’ जात्रा समेत भनिन्छ ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ ।
परम्परागत यस जात्रामा माख्लो टोल र तल्लो टोलका बासिन्दाले रथ तान्ने गर्दछन् ।
जसमा उनीहरुले नेवारी भाषामा ठने र क्वाने भन्ने चलन छ । रथ तान्ने क्रममा हौसला प्रदान गर्नकै लागि रथमाथि बसेका मानिसहरुले होस्टे र हैस्टे भन्दै कराउने गर्छन् ।
बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानी जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा ६ वटा र पछाडि ४ वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ ।
बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्तै ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाले यसवर्ष जात्रालाई शान्तिपूर्ण बनाउन ४३ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छन् ।
जात्रामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र सादा पोशाकमा सुरक्षाकर्मी खटिएका प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।
मदिरा बिक्री वितरणमा रोक लगाएको र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने समेत प्रशासनले जानकारी दिएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण