‘रोनाल्डोले गोल गर्नु कुनै आश्चर्य होइन’
एजेन्सी - इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगमा आयक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको गोल कुनै आश्चर्य नभएको बताएका छन् ।
‘रोनाल्डो भर्खर टोलीमा फर्किएका छन् । उनले धेरै राम्रो खेल्दै आएका छन् । उनी आफ्नो एक्सनमा फर्किए जस्तो लाग्छ । उनले गोल गर्नु कुनै आश्चर्य होइन । किनकी उनी रोनाल्डो हुन्,’ प्रशिक्षक एलेग्रीले भने ।
च्याम्पियन्स लिगमा क्वार्टरफाइनल खेलको पहिलो लेगमा डच टोलीविरुद्ध रोनाल्डोले एक गोल गरेका थिए । खुट्टाको चोटले एक महिनाको विश्रामपछि उनीले टोलीमा पुनरागनम गरेका थिए । आयक्सविरुद्ध उत्कृष्ट हाइभ हेड गोल गरेका उनले खेलभर सानदार प्रदर्शन गरे ।
रोनाल्डोको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिए पनि अन्तमा बराबरीमा चिक्त बुझाएको थियो । आयक्सविरुद्धको गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल संख्या एक सय २५ पुर्याएका छन् । प्रशिक्षक एलेग्रीले खेलमा रोनाल्डोबाट अन्य गोलको समेत अपेक्षा गरेको बताए । प्रशिक्षक एलेग्रीले दोस्रो लेगमा रोनाल्डोसहित टोलीले राम्रो खेल्ने दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण