सत्तारुढ दलकै श्रमिक संगठनको चेतावनी : सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस्
सत्तारुढ नेकपा समर्थित नेकपा अन्तर्गतको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन यूनिट्राभको ३६ औं स्थापना दिवसको अवसरमा मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले भने, ‘अहिले बनेका कानूनहरुले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ । अब यसलाई व्यवहारमा लागू गर्ने बेला भएको छ । तर यसबीचमा कानूनको परिपालना नगर्ने चलखेल हुन थालेको हामीलाई आभास भएको छ । हाम्रा श्रम सम्बन्ध सुधार भएन भने सरकार र सरोकारपक्षको विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था फेरी नआउला भन्न सकिन्न ।’
उनले पर्यटन श्रमिकका पक्षमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गराउने पक्षमा लाग्न यूनिट्राभ नेतृत्वलाई निर्देशन पनि दिए । उनले भने, अब श्रम ऐन लागू गराउने पक्षमा लागौं, पर्यटन क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गराउने स्किम र बिधि तयार गर्न यूनिट्राभ लागोस् ।’
कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विधिसम्मत नचल्ने कोही पनि पर्यटन व्यवसायी र सरोकार पक्षलाई नछाड्ने भन्दै पर्यटन क्षेत्रको सुधारको पक्षमा लाग्न श्रमिकहरुलाई निर्देशन दिए । पेशालाई मर्यादित, सुरक्षित र स्वास्थ बनाउन आफ्ना कुरालाई सम्बन्धित क्षेत्रमा राख्न सक्नुपर्ने भन्दै नेतृत्व विकासमा उनले जोड दिए ।
कार्यक्रममा सहभागी श्रमिकहरुले कार्यभलोमा अझैपनि लोकतन्त्र आइनसकेको भन्दै अझै संघर्ष गर्नुपर्ने खाँचो औंल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण