सिन्दुरले रङ्गियो भक्तपुरको मध्यपुर (हेर्नुहोस् १५ तस्बिरमा)
भक्तपुर – प्रत्येक वर्ष नयाँ वर्षको सुरुवतमा भक्तपुरको मध्यपुर थिमीमा सिन्दुर जात्रा भव्य रुपमा मनाइएको छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुरजात्रा यो पटक सोमबार भव्यताका साथ मनाइएको हो ।
मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको अबिर जात्रा प्रसिद्ध जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी आएको छ । स्थानीयका अनुसार यो वर्ष जात्रामा २३ वटा खटमात्र समावेश हुनेछ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा का“याबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा अबिर दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।
अबिर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ ।
परम्पराअनुसार नै देवता लाय्कु दरबारभित्र पस्न नपाउन भनेर लायकु प्रवेशद्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।
सोमबार दिउ“सो मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।
यसलाई स्थानिय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजाजगत ज्योती मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण