नेपाली बलरसामु ओमान निरिह : नेपाल १ सय ५० रनको विशाल अन्तरले विजयी
आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।
नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले सर्वाधिक १३ रन बनाए ।
नेपालका लागि पवन शरार्फले ३ विकेट लिए भने सूर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए ।
शर्राफले १० ओभरमा २ मेडन राख्दै मात्र २४ रन खर्चिए ।
यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।
उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।
खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए ।
प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।
अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।
ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए ।
हालसम्म नेपालले तीन खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण