सभामुख महराद्वारा पनि सेयर बजारमा लगानी, ५० हजार बराबरको सेयरमा आवेदन
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पहिलो पटक सेयर बजारमा लगानीका लागि आवेदन दिएका छन् ।
सभामुख महराले सरकारले शुभारम्भ गरेको जनताको जलविद्युत कार्यक्रम अन्तरगत शुक्रबार रसुवागडी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन भरेका हुन् ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका आयोेजित एक कार्यक्रममा उनले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए ।
कार्यक्रममा सभामुख महराकी पत्नी सिता महराले पनि रसुवागढी जलविद्युत आयोजनाको १ लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले रसुवागढी जलविद्युत कम्पनीको एक लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत आयोजनाको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए । मन्त्री पुनकी पत्नी पूर्व सभामुख ओनसरी घर्तीले पनि मन्त्री पुने बराबरनै सेयर खरिदका लागि दुवै जलविद्युत आयोजनामा आवेदन दिइन् ।
कार्यक्रममा बोल्दै सभामुख महराले जनताको जलविद्युत आयोजनामा जनताको लगानी गर्ने नयाँ कार्यक्रम सरकारले सुरु गरेकोमा खुशी व्यक्त गरे । उनले सो कार्यक्रममार्फत् आफू पहिलो पटक सेयर बजारमा प्रवेश गरेको पनि जानकारी दिए । सभामुख महराले जलविद्युत आयोजनाको सेयरमा जनताको लगानी सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा सेयर आवेदन गरी २० कित्ता सेयर प्राप्त गरेका थिए । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत २१ वटा जलविद्युत आयोजनाको छनौट गरी लगानीका लागि सर्वसाधारणमा समेत सेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण