‘उत्पादन बढाउन श्रमको सम्मान गर्नुस्’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गरेका छन् ।
मन्त्री यादवले श्रमिकहरुको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरेमात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याईलाई भुल्न नहुने पनि स्पष्ट पारेका छन् ।
नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले आफ्नो उद्योगको उत्पादन बढाउन पनि उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेको स्पष्ट पारे
मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको गुनासो पनि गरे ।
विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।
मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण