विप्लवका २ केन्द्रीय सदस्यसहित ३ जना पक्राउ
काठमाडौँ– प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई दाङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का असल र लालबहादुर ओली छन् ।
पार्टी स्रोतका अनुसार लालबहादुर स्थानीय नेता हुन् भने चुडामणि र चन्द्र बहादुर केन्द्रीय सदस्य हुन् ।
यसैवीच विप्लवको पार्टीका कपिलवस्तु जिल्ला सचिवालय सदस्यले राजीनामा दिएका छन् ।
कपिलबस्तु जिल्ला सचिवालय सदस्य कपिलबस्तु नगरपालिका–६ गोबरी निवासी जीत बहादुर यादवले पार्टीबाट राजीनामा दिएका हुन् ।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका छन् । पार्टी आफूलाई काम गर्न नसक्ने बताउदै घर बस्न भनेकाले आफू स्वतन्त्र रहन चाहेको विज्ञिप्तीमा उल्लेख छ ।
विप्लव माओवादीविरुद्ध दिनदिनै सरकार र सुरक्षाकर्मी आक्रमक बन्न थालेपछि कार्यकर्ताहरुमा असुरक्षा बढेको महसुस गर्न थालेका छन् ।
जसका कारण अहिले पार्टी त्याग्ने कार्यकर्ताहरु बढ्न थालेका बुझाई धेरैको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण