अमादब्लम र मनहरू
-साकारबाबु सुवेदी
अमादब्लम मभित्र चुलिन छाडेछ
अब मन पनि मन नरहने होला
चिसै नहुने मन पनि के मन हो र ?
शिशिरमा पनि जम्न नसक्ने ।
अहम्ताको रापले पग्लिनुपर्र्ने
झरेर आकार लिन नसक्ने
ओरालै ओरालो महाभारतसम्म
आवेगमै सधैँ दौडनुपर्ने ।
डर लाग्दो हो, सम्म सपाटमा चल्न
गति क्रमशः क्षय हुँदै जानाले
अरूकै उचाइबाट गति लिनाले
आवेग बिस्तारै गुम्दै जाने होला ।
कद काटिने भो अमादब्लमको
मन चाहिँ महभारतकै फाटिने होला
कहाँ स्थिर रहला र ओरालो गतिमा ?
डुब्नुपर्ने त सपाटले नै भयो ।
अमादब्लम मभित्र चुलिन छाडेछ
चिसा बन्न नसकेका मनहरूले सोचे
रापिलो मस्तिष्क छामेर बुझ्नुपर्ने
तरलै सरल लाग्ने महाभारतको रुचि ।
वेग जब आवेगमै गहिरो बन्न थाल्छ
क्षय त महाभारतको पनि देखिने होला
अचल बेगहरू सतहमै उत्तानो पर्दा
सम्म सपाट उचाइ घाँटीसम्म नापिने भयो ।
कद त सबै उचाइअनुसार नै घट्दै जालान्
घट्न नसक्ने मनको उचाइ बढ्ने नै होला
एकैनाश नहोला दुर्गति सबको गतिमा
बढेर उचाइ सपाटको भय त झन् देखिने भो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण