पाँच खेलअगाडि नै युभेन्टस च्याम्पियन, रोनाल्डोको कीर्तिमान
एजेन्सी - इटालियन सिरी ‘ए’को उपाधि युभेन्टसले जितेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै युभेन्टस लिग च्याम्पियन बनेको हो । पाँच खेल बाँकी छँदै च्याम्पियन बनेको युभेन्टसको यो लगातार आठौं लिग उपाधि हो ।
युभेन्टसको यस उपाधिमा स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमानसमेत रचेका छन् । रोनाल्डो युरोपका तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् । उनीबाहेक अहिलेसम्म अरू खेलाडीले इङल्यान्ड, स्पेन र इटालीको लिग जित्न सकेका छैनन् ।
३३ औँ खेलमा पुगेर उपाधि हात पारको युभेन्टसले यसअघि सन् २०११–१२ पछि लगातार सात सिजन सिरी ‘ए’ जितेको थियो । युभेन्टस जारी सिजन युरोपका लिगमध्ये सबैभन्दा चाँडो लिग जित्ने टोलीसमेत बनेको छ ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टस सुरुवातमा पछि परेको थियो । छैटौं मिनेटमा फियोरेन्टिनाका निकोला मिलेनकोभिकले पहिलो गोल गरेका थिए । त्यसपछि जोसिएको युभेन्टसले ३७ औँ मिनेटमा बराबरी गोल फर्कायो । युभेन्टसका लागि एलेक्स सान्ड्रोले बराबरी गोल गरे ।
अर्को गोल ५३ औँ मिनेटमा युभेन्टसले उपहार पाएको थियो । क्रिस्टियानो रोनाल्डोको शसक्त प्रहार फियोरेन्टिनाका रक्षक जर्मन पेजेल्लाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा युभेन्टस च्याम्पियन बन्यो ।
चारदिन अघिमात्र युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको युभेन्टसलाई यस उपाधिले केही राहत मिलेको छ । च्याम्पियन्स लिगमा युभेन्टस डच टोली आयाक्ससँग पराजित भएको थियो । जितसँगै युभेन्टसले अब ३३ खेलबाट ८७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नापोलीले ३२ खेलबाट ६७ अंक बनाएको छ । ११औं स्थानमा रहेको फियोरेन्टिनाको ४० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण