बार्सिलोना लिग फुटलबको उपाधि नजिक
एजेन्सी - बार्सिलोना स्पेनिस ला लिग फुटलबको उपाधि नजिक पुगेको छ । घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेकाे हाे । लिगमा पाँच खेल खेल्न बाँकी रहेकाे बार्सिलोनालाई उपाधिका लागि अब ६ अंक आवश्यक छ ।
यस जितसँगै बार्सिलोनाले ३३ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । बार्सिलोना एट्लेटिकोभन्दा ९ अंकअगाडि छ । बार्सिलोनासँग हारेको सोसिडाड ४१ अंकसहित १० औं स्थानमा छ ।
प्रतिस्पर्धातमक खेलमा बार्सिलोनाले ४५ औँ मिनेटमा खाता खोलेको थियो । क्लेमेन्ट लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए । ६२ औँ मिनेटमा सोसिडाडका जुआनमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा जोर्डी आल्बाले गोल गर्दै बार्सिलोनालाई जिततर्फ लगे । जोर्डीको गोलपछि दुवै टोलीले थप गोल गर्न नसक्दा बार्सिलोनाले जित हात पारेकाे हाे ।
शनिबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिकोले इबरलाई १–० गोलले हरायो । एट्लेटिकोको कठिन जितमा थोमस लेमरले ८५ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण