एकता टुङ्ग्याउन बालुवाटारमा चार नेताबीच छलफल
एकता प्रकृया टुङ्ग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सहभागी भएका छन् ।
चार नेताबीच झण्डै एक घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । नेताहरु बिहान एकचरणको छलफलपछि पुनः बेलुका छलफल गर्नेगरी बाहिरिएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि जिल्ला तहको एकता गर्ने विषयमा नेताहरुबीच सहमति जुट्न सकेको थिएन । जिल्ला तहको एकताका गर्न निश्चित मापदण्ड बनाएर अघि बढ्ने अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएको थियो । त्यहि सहमतिमा बरिष्ठ नेता नेपाललाई सहमति गराउन आइतबार नेता नेपाललाई बालुवाटार बोलाइएको बुझिएको छ ।
यसअघि तत्कालिन एमालेले ४५ जिल्लाको नेतृत्व गर्ने र माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व गर्नेगरी सैद्धान्तिक सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण