चेक बाउन्स भएपछि समातिए ग्रेटर नेपालका अध्यक्ष नेपाल
काठमाडौं– ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुरकाे आराेपमा पक्राउ परेका छन् । गौशालामा रहेकाे इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए ।
नेपालले न्यौपानेलाई तिर्नुपर्ने ६ लाख पटक पटकको ताकेतापछि चेकमार्फत दिएको भएपनि बाउन्स भएपछि प्रहरीकहाँ पुगेकाे बताइएकाे छ ।
गौशालाबाट पक्राउ परेका नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच नेपालले न्यौपानेले हिसाव गोलमाल गरेर आफूलाई फसाउन खोजेको दाबी गरेका छन् ।
‘मैले नरेश कुमार न्यौपाने नामक घरधनीलाई घरभाडा बापत रू ६००००० को चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा छ लाख नगद रकम बुझी आज चेक ल्याउन बिर्सिएँ , भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’
पैसा लिइसकेपछि न्यौपानेसँग चेक पटकपटक फिर्ता माग्दा नदिएर अहिले चेक बाउन्स गरी पक्राउ गर्ने भूमिका खेलको नेपालले आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण