फियोरेन्टिनालाई हराउँदै एटलान्टा फाइनलमा
एजेन्सी - एटलान्टा इटालियन कप फुटबलकाे फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा एटलान्टाले फियोरेन्टिनालाई २–१ गोलले हराउँदै फाइनल प्रवेश गरेकाे हाे ।
एटलान्टा समग्रमा ५–४ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको खेलमा एटलान्टालाई जिताउन जोसिप इलिसिच र पपु गोमेजले एक-एक गोल गरे । फियोरेन्टिनाका लुइस मुरिअलले एक गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा सुरुवाती गोल फियोरेन्टिनाले गरेको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फियोरेन्टिनाका मुरिअलले गोल गरेका थिए । त्यसपछि एटलान्टाका जोसिपले १४ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । अर्को गोल पपुले ६९ औं मिनेटमा गरेका थिए । फाइनलमा एटलान्टाले लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । लालियोले एसी मिलानलाई उसैको मैदानमा १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण