आमा पासाङ ल्हामुको सपना पछ्याउदै छोरी
काठमाडौं –पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको जिम्मा शेर्पाकी जेठी छोरी दावाफुटी शेर्पाले लिएकी छिन् । बुधबार धुम्वारहीमा भएको प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।
पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा केही गर्नु पर्छ भन्ने अनेकन सपना अधुरै बनेपछि आमाको सपना पछ्याउन संस्थाको जिम्मेवारी सम्हालेको उनले बताइन् । अनेकन सपना बोकेर सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) को आरोहण गरी फर्कने क्रममा पासाङ ल्हामुको मृत्यू भएको थियो । जीवनको माया नगरी सामानताको पक्षमा अभियान चलाउने लक्ष्यले सगरमाथा आरोहण गर्ने उनी नेपालकै पहिलो आरोही महिला बनिन् तर जिवित फर्कन नसके पछि उनको इच्छाहरु पुरा हुन सकेनन् ।
पर्वतारोहण क्षेत्रका समस्याहरु, हिमाली क्षेत्रका यथार्थमा देखिने गरिवीसँगै शिक्षा, स्वास्थ्यलाई सहयोग गर्ने, आममहिलामा देखिएका समस्याहरु, समानताका आजाव, शिक्षा, रोजगारी जस्ता समस्यालाई सहयोग गर्न संस्था लागि पर्ने अध्यक्ष दावाले बताइन् । हिमाल आरोहण आफैमा मृत क्षेत्र भएकाले मृत्यू स्वभाविक थियो तर देखेको सपना र इच्छालाई पुरा गर्न संस्थाले अगुवा भूमिका खेल्ने छ, उनले भनिन् ।
३२ बर्षको उमेरमा २०५० बैसाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो ।
साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम सापकोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा लगायत ११ सदस्सीय कार्यसमिति चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण