कविता : आमा
शनिबार, २१ वैशाख २०७६, ११ : ३४
आमा तिम्रो महिमालाई
वर्णन गर्न सक्दिनँ म
तिमीले जस्तो बलिदानी
कुनै जुनीमा पनि दिन सक्दिनँ म ।
आमा तिमी भोकै बस्यौ
कति दिन सन्तानको पेट भर्न
हामीलाई बचाउनका लागि
तयार भयौ तिमी आफैं मर्न ।
आमा तिम्रो सन्ताललाई पीडा हुँदा
सधैँ तिम्रो आँखा रसाउँथ्यो
काँडा मेरो पाउमा बिझ्दा
तिम्रो मुटु झस्काउँथ्यो ।
आमा तिमी किन आज
बोझ भयौ दुनियाँलाई
हेला गर्न थाले सन्तानले
आफूसँग राख्न पनि तिमीलाई ।
आमा तिम्रो दूधको भारा
कोखको त्याग नबुझ्नेलाई
मिल्ला शान्ति कहाँ मनमा
तिम्रो आँशु बगाउनेलाई ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण