भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा ऋषि कोइराला चयन
काठमाडाैं- चल, अचल सम्पत्तिको धितो मूल्याङकन सम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरुको छाता संस्था नेपाल भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा ऋषि कोइराला चयन भएका छन् ।
नेपाल भ्यालुयर्स एसोसिएशनको शुक्रबार भएको चौथो महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबाबु सेढाई, उपाध्यक्षहरुमा लैला श्रेष्ठ र जीवन अर्याल, महासचिबमा मुक्ति पाण्डे, सचिबमा दिनेश कुमार पाठक, कोषाध्यक्षमा बिकास वाग्ले चयन भएका छन् । सदस्यहरुमा रामरतन यादब, मनिस कर्ण,अमित थकाली, प्रविण सिंह निर्वाचीत भएका छन् ।
अधिवेशनको उदघाटन गदै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीबि नेपालले मूल्यांकनकर्ताहरुलाई मर्यादीत,व्यवस्थीत र जिम्मेवार बनाउन राष्ट्रबैकले मुल्यांकन निर्देशीका तथा कार्यविधि ल्याउ लागिएको बताए ।
गर्भनर नेपालले भ्यालुयर्सहरुको मुल्यांकनको आधारमा सम्पत्तीको मुल्य देखि राज्यको कर सम्मको निर्धारण हुने भएकाले जोखिमलाई ख्याल राखेर इमान्दारीतापुर्व काम गर्न भ्यालुयर्सहरुलाई आग्रह गरे ।
समृद्ध नेपालको परिकल्पनासंगै नेपालको सर्वेयररेटीङ गर्ने बेला आएको बताँउदै गर्भनर नेपालले अन्तराट्रिय स्तरको सेवा गर्न सक्ने गरी मुल्यांकनकर्ताहरुको क्षमता बिस्तार हुनुपर्ने बताए ।
उदघाटन कार्यक्रममा बोल्दै भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले मुल्यांकनकर्तालाई सानो गल्तीमा समेत कानुनी प्रक्रिया बिनै कालोसुचिमा राख्ने तथा बैकिङ कसुर जस्ता बिभिन्न किसिमका लान्छना लगाएर हतोत्साहीत पार्ने काम भइरहेको बताए ।
अध्यक्ष कोइरालाले भने“हाम्रो काम भनेको इमान्दार भएर चल÷अचल सम्पत्तीको मूल्यांकन गर्ने हो, हामीले गरेको मुल्यांकन ठिक छैन भने स्वीकार गर्ने÷नगर्ने अधिकार सो संस्थालाई हुन्छ, मुल्यांकन ठिक छ भनेर स्वीकार गरिसकेपछि हाम्रो काम त पुरा भयो, मुल्यांकनकर्ताले समग्र कारोबारको जिम्मेवारी त लिने होइन नी ? तर बित्तिय संस्थाहरुले स्वार्थमा जारी गरिएको ऋण कारोबारमा जोडेर हामीलाई जोडेर दुख दिने काम भइरहेको छ यसलाई राज्यले बुझनु पर्दछ ।”
कार्यक्रममा मुल्यांकनकर्ताहरुको समस्या राख्ने क्रममा निकै भाबुक बनेका अध्यक्ष कोइरालाले भने “हामीलाई मुल्यांकन गरेकै आधारमा यस्तै दुख दिइरहने हो भने यो सतिले श्राप गरेको देश मात्र होइन् अव मुल्यांकर्ताहरुले समेत श्राप गरेको देश भन्नुपर्ने अवस्था आउन सक्छ” ।
अध्यक्ष कोइरालाले मुल्यांकनको पुरै जिम्मेवारीको भारी बोकाईएका मुल्यांकनकर्ताहरुको पारीश्रमीक भने निकै कम तथा एकरुपता समेत नभएको गुनासो गरे ।
महासचिब लक्ष्मण बाबु सेढाईले सञ्चालन गरेको कार्यक्रममा नेपाल इन्जिनियरीङ एसोसिएसनका महासचिब छबि पोख्रेल, नेपाल इन्जिनियरीङ परिषदका उपाध्यक्ष अर्जराज सिलवाल, नेपाल इन्स्योरेन्स सर्भेयर एसिोसिएशनका अध्यक्ष सुर्य प्रसाद जोसी, सोसाइटी अफ कन्ससल्टीङ आर्किटेक्चर एण्ड इन्जिनियरिङ फर्माका अध्यक्ष राजेश थापा, नेपाल बित्तीय संस्था संघका अध्यक्ष सरोज काजी तुलाधर, एसोसिएशनका संस्थापक अध्यक्ष बसन्त रमण रजौरे, एसोसिएशनका पुर्व अध्यक्ष तथा पालुङटार नगरपालीकाका मेयर दिपक बाबु कंडेल, लुम्बिनी च्याप्टरका संयोजक शैलेन्द्र श्रेष्ठ लगायतले महाधिवेशनको सफलताको कामना गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लैला श्रेष्ठले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण