बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्याम्पियन्स लिगमा छनोटमा चेल्सी तेस्रो

सोमबार, २३ वैशाख २०७६, ०८ : ४४
सोमबार, २३ वैशाख २०७६

एजेन्सी - चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा वाटफोर्डलाई ३–० गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

यस जितसँगै चेल्सीले आगामी सिजन च्याम्पियन्स लिगमा छनोट पक्का बनाएकाे छ । अर्को खेलमा आर्सनल ब्राइटोनसँग १–१ गोलको बराबरीमा रोकिएपछि चेल्सीको च्याम्पियन्स लिग यात्रा पक्का भएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका लागि ४८ औं मिनेटमा रुवेन लोफ्टस चेकले खाता खोलेका थिए । ५१ औं मिनेटमा डेबिड लुइजले चेल्सीको अग्रता दोब्बर बनाए । ७५ औं मिनेटमा गोन्जालो हीग्वीनले गोल गर्दै चेल्सीको जित सुनिश्चित पारेका थिए ।

जितसँगै चेल्सीले ३७ खेलबाट ७१ अंक बनाएको छ । लिगको अन्तिम खेल बाँकी रहँदा उसले पाँचौ स्थानको आर्सनलसँग चार अंकको अग्रता बनाएको छ । टोट्टनहाम ७० अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको आर्सनलको ६७ अंक छ । ५० अंक बनाएको बार्टफोर्ड १० औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा म्यानचेष्टर युनाइटेड अन्तिममा रहेको हडर्सफिल्ड टाउनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यस बराबरीले युनाइटेडको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना सकिएको छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६६ अंक छ । हडर्सफिल्ड रेलिगेसनमा परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप