४९ व्यवसायीले कर नतिरेपछि जनकपुर कर कार्यालयले भन्यो – सात दिन भित्र भुक्तानी गर्नु नत्र कारबाही हुन्छ
शुक्रबार, २७ वैशाख २०७६, १२ : ०१
कर तिर्न आनाकानी गर्ने र सम्पर्कमै नआउनेहरु बढ्न थालेपछि कर कार्यालयहरुले धमाधम सार्वजनिक सूचनानै निकालेर कर तिर्न आउनु भन्दै अपिल गर्न थालेका छन् ।
आन्तरिक राजस्व कार्यालय जनकपुरले पनि ४९ जना उद्योगी व्यवसायीको नामको सुचि सार्वजनिक गरेको छ । यसमा आयल स्टोर्स सञ्चालन गर्नेदेखि इट्टा उद्योगीसम्म छन् । धेरैजसो इट्टा उद्योगीले मूल्य अभिबृद्धि कर (मुअकर) तिरेका छैनन् ।
ती ४९ जना उद्योगीलाई अनलाइन म्यासेज, पत्राचार तथा फोन सम्पर्क गर्दापनि हालसम्मको बक्यौता रकम दाखिला नगरेपछि अब सात दिनको समय दिएर सोभित्र कर तिर्न आउँन आन्तरिक राजस्व कार्यालय जनकपुरले भनेको छ । यदि सो अवधिमा बक्यौता रकम भुक्तानी नगरे कारबाही हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण