अस्ट्रेलियामा सामूहिक ब्रतबन्ध गुन्युचोलो तथा भागवत सप्ताह हुने
अस्ट्रेलिया । नेपालका जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदास महाराजको प्रत्यक्ष उपस्थितिमा अष्ट्रेलियामा दोस्रो पटक सामूहिक ब्रतबन्ध, गुन्यु चोली तथा भागवत सप्ताह हुन लागेको छ ।
पटक–पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भू–समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका जगद्गुरु कृष्णदास नेप्लीज हिन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा अस्ट्रेलिया आउन लागेका हुन् ।
नेप्लीज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचवटा कार्यक्रमको प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले जानकारी दिए ।
नेप्लीज हिन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना, श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतवन्ध र कन्याहरुलार्इ सामूहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम गर्न लागेको पण्डित ढोडारीले बताए ।
सिद्दमहायोग ध्यान साधना जगद्गुरुसँग श्रीमदभागवत ज्ञानमहायज्ञ वाचनको लागि नेपालका चर्चित युवा वाचक पण्डित कुवेर सुवेदी अस्ट्रेलिया आँउदैछन् । जसले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण वाचन गरिसकेका छन् ।
पण्डित ढोडारीकाअनुसार जुलाइ १३ मा कन्याहरुलार्इ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुनेछ ।
उनका अनुसार कन्याहरुलार्इ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एबम् पितृमोक्ष यज्ञ अस्ट्रेलियामै पहिलो पटक हुन लागेको हो ।
जुलाइ १४ मा श्रीमदभागवत ज्ञानमहायज्ञको साँगे हुनुका साथै बटुकहरुको सामुहिक ब्रतबन्धको कार्यक्रम पनि आयेजना हुनेछ । कार्यक्रमको समापन जगद्गुरुबाट हुने जनाइएको छ ।
आयोजकले अस्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरुलार्इ बिरलै हुने सो कार्यक्रममा उपस्थितत हुन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण