उपकुलपतिले घुस लिए, भतिजाले राखे
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले बिहीबार घुसबापत आठ लाख रुपैयाँ आफैले बुझेका थिए ।
उनले पैसा बुझेपछि भतिजा डा. रामहरि रौनियारलाई बोलाए । मेडिकल अफिसरको रुपमा कार्यरत डा. रामहरि पैसा लिएर निवासतर्फ गए ।
उनी करिब साढे चारबजेतिर पैसा निवासमा राखेर पुनः बुलेट बाइक चढेर उपकुलपति कार्यालय प्रवेश गरेका थिए ।
लगत्तै अख्तियारको टोलीले छापा मारेको थियो ।
अख्तियार टोलीले पक्राउ गरेर लगेपछि डा. रामहरिको बुलेट बाइक शुक्रबार पनि उपकुलपति कार्यालयअघि बेवारिसे अवस्थामा छ ।
काका उपकुलपति भएपछि प्रतिष्ठानमा उनको अनावश्यक सक्रियता र हस्तक्षेप बढेको भन्दै चर्चा र असन्तुष्टि व्याप्त थियो ।
प्रतिष्ठानमा थुप्रै भौतिक संरचनाहरु निर्माणाधिन छन् । प्रतिष्ठानको भवन निर्माण तथा मेसिन खरिदका बेला करोडौँ घोटाला हुने गरेको छ ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण