‘सबै तथ्याङ्क आएपछि मात्रै आवास’
सरकारले सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले पीडितहरुको राहत, उद्धार र उपचारका काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आग्रह गरेको उहांले जानकारी दिए ।
बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण