रसुवागढीमा आँखाले विषादी परीक्षण
सोमबार, ३० असार २०७६, ०७ : ५२
भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छाड्नु परेको छ ।
चीनबाट रसुवागढी नाका भएर यो वर्ष करिब चार अर्ब रुपैयाँका कृषिजन्य सामान आयात भएका छन् । वर्षेनि आयातको मात्रा बढ्दै गएको छ । तर, यो नाकामा कुनै पनि पूर्वाधार र उपकरण नहुँदा प्राविधिक कर्मचारीले विषादी भए, नभएको र रोग किरा लागे, नलागेको आँखो हेरेर छाड्नु परेको छ ।
२१ औं शताब्दी भए पनि परीक्षण आदिमकालको जस्तै छ । वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले चीनबाट कृषि तथा वनजन्य सामाग्री भित्रिने क्रम बढे पनि नाकामा विषादी परीक्षण हुन नसकेको बताए । यो समाचार आजको नागरिक दैनिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण