मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट डिजेल नेपाल आइपुग्यो
काठमाडौं । भारत–नेपाल सहज तेल आपूर्तिका लागि तयार गरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको छ ।
औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएपछि यसको सुरुवात भएको हो ।
बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।
निगमका अनुसार भारतको पटनाबाट बिहान विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो ।
पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।
नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ ।
स्रोतका अनुसार अहिले तेल भण्डारण गरिदै छ । शुक्रबारनै तेलको परिक्षण गर्ने कार्यक्रम रहेकाले पाइपबाट तेल आउने बित्तिकै तेलको स्याम्पलिङसमेत लिइसकेको अमलेखगन्ज डिपोका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन् ।
यो परीक्षण सफल भएपछि उद्घाटनका लागि तयार हुने अमलेखगन्ज डिपोले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण