१५ लाख घुससहित समातिए ३ जना इन्जिनियर
शनिबार, ०४ साउन २०७६, १९ : १०
काठमाडौं– १५ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घुससहित नियन्त्रणमा लिएको हो ।
निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण