अन्नपूर्ण केबलकार विवादः मुआब्जा नपाएसम्म निर्माण हुन नदिने स्थानीय जग्गाधनीको अडान
स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो ।
गत पुस २९ गते शिलान्यास गरी सुरु गरिएको पोखरा महानगर पालिका बडा नं १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतको फैसला र स्थानीय जनताको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा.लि.ले उद्घोष गरेर काम थाले पनि प्रक्रिया नपु¥याएका कारण जटिलता सिर्जना भएको छ ।
अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा विजय नेपालीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
-
बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण