पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?
ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।
पार्किङ्ग भइरहेको उक्त स्थानको टेण्डर आव्हान गरेसँगै उक्त स्थानको चर्चा चुलिएको हो । नः त्वाः मंका खलले उक्त स्थानमा पोखरी बनाउन माग गर्दै साउनको १ गते शिलान्यास गरेको थियो ।
पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको वरिपरि बस्ती बढेसँंगै राजकुलो मासियो । पोखरीमा पानी जम्मा हुन नसकेपछि सुख्खा मैदानमा परिणत भयो ।
मैदान बनेको उक्त पोखरी रहेको स्थानमा वि.सं २०५४ साल महानगरको सक्रियतामा सभाहल बनाउन शिलान्यास समेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मल अभावले धनुषाका कृषक चिन्तित
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण