पारसको विस्फोटक ब्याटिङ, कुवेतविरुद्ध नेपालको शानदार जीत
कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ ।
कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु कुवेतले पस्केको १ सय ४२ रनको लक्ष्य मात्र १५.५ ओभरमा २५ बल बाँकी छँदै पछ्यायो ।
यस क्रममा पारसले ११ चौका र १ छक्का हिर्काए ।
उनलाई शरद भेष्वाकरले राम्रो साथ दिए । भेष्वाकरले संयमित भएर खेल्दै नट आउट रहेर ३० बल ३८ रन बनाए । उनले यस क्रममा चार चौका र एक छक्का हिर्काए ।
त्यस्तै, ज्ञानेन्द्र मल्लले १९ रनको योगदान दिए ।
यसअघि, टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनायो ।
कुवेतका लागि कप्तान मुहमद कासिफले सर्वाधिक ४९ रन बनाए । उनले मात्र ३६ बलमा २ चौका र ४ छक्का हिर्काउँदै सो रन बटुलो ।
त्यस्तै, अदनान इद्रेसले २५ रनको योगदान दिए भने मोहमद असलामले २३ रनको योगदान दिए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने रेग्मीले चार ओभरमा २० रन खचिए ।
यता, करन केसीले दुई विकेट लिए भने अविनास बोहराले १ विकेट लिए ।
सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि लगातार दुई खेलमा जीत निकाल्दै नेपालले छनोटको गणितिय सम्भावना कायम राखेको छ । छनोट हुन नेपालले बाँकी खेल जित्नै पर्ने दबाब छ ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण