नेपाल लोक स्टार बिजेताले ५० लाख पाउने
काठमाडौं-पहिलो पटक शुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’ले आफूले प्रयोग गरेको सम्पूर्ण गीतसंगीतको रोयल्टी प्रदान गर्ने जनाएको छ । ‘शो’ प्रशारणका क्रममा अहिलेसम्म प्रशारण भएका र अब प्रशारण हुने गीतसंगीतका श्रष्टा तथा सर्जकलाई रोयल्टी प्रदान गरिने आयोजकले जनाएको छ ।
टेलिभिजन र युट्युब च्यानल दुबैमा प्रशारण भएको गीतसंगीतको रोयल्टी प्रदान गरिने आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । “टेलिभिजनमा प्रशारण भएको संगीत तथा रोयल्टी संकलन समाजलाई दिन्छौं,” अध्यक्ष कोइरालाले भने, “युट्युबमा प्रयोग गरेवापत पनि हामी सर्जक तथा सम्बन्धीत संस्थालाई रोयल्टी प्रदान गर्ने छौं ।” कोइरालाले ‘नेपाल लोक स्टार’ले नेपालमा पहिलो पटक युट्युबमा अरुको गीतसंगीत प्रयोग गरेवापत रोयल्टी प्रदान गर्न लागेको दाबी गरे ।
“अहिलेसम्म कसैले पनि नेपालमा युट्युबमा अरुको गीत प्रयोग गर्दा रोयल्टी तिर्ने चलन छैन । तर, हामी यो परम्परालाई तोड्दै रोयल्टी प्रदान गर्दैछौं । यसले अरुलाई पनि झक्झक्याउने हाम्रो विश्वास छ,” उनले भने ।
अहिलेसम्म १० वटा श्रृंखला प्रशारण भएको ‘नेपाल लोक स्टार’ ३६ औं श्रृंखलासम्म प्रस्तुत हुने छ ।
विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । यस्तै, प्रथम हुनेले २५ लाख, दोस्रो हुनेले २० लाख र तेस्रो हुनेले १५ लाख रुपैयाँको सिटिजन लाइफ इन्सोरन्स प्राप्त गर्नेछन् । उत्कृष्ट २५ प्रतिीपर्धीले जनही १० लाख रुपैयाँको सिटिजन लाइफ इन्सोरन्स प्राप्त गर्ने अध्यक्ष कोइरालाले जानकारी दिए ।
‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ प्रशारण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण