सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

गावैं उठायो पहिरोले...

सोमबार, २० साउन २०७६, ०७ : ४८
सोमबार, २० साउन २०७६

रातभर पानी पर्छ । जति सुत्न कोसिस गरे पनि निन्द्रा लाग्दैन । डाँडाकाँडा चिरिएका छन् । गाउँभर सग्लो जमिन भेट्टाउन मुस्किल छ । पहिरोले गाउँ घेरेको छ । दुई साताअघि पहिराले पीडामा थलिएको सत्यवती गाउँपालिका–३, ४ ठूलो लुम्पेक र लिम्घा अझै उठ्न सकेको छैन । 

ठूलोलुम्पेकमा तीन सय ७ घरधुरीका एक हजार २ सय ६० जना विस्थापित भएका छन् । खस्कोटको धनबहादुर सिञ्जालीले भने, ‘छोराहरु विदेशमा छन् । बूढाबुढी त्रिपाल टागेर बसेका छौँ ।’ 

एक महिनाअघि बनाएको घरमा बस्नै नपाई पहिरोले बगाएको उनले बताए । साउन ६ गते राति अविरल वर्षापछिको पहिरोमा दुवै गाउँका गरी १४ जनाको ज्यान गएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गंगा खड्काले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप