निगमको घाटा ५ अर्ब २१ करोड नाघ्ने
मङ्गलबार, २१ साउन २०७६, ०७ : २९
सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानी)ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बोरोरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष २०७३/०७४ मा भने निममले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले २०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड रुपैयाँ नाघ्ने जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण