फुट्यो ताल, टुट्यो सपना
चट्टानसहितको पहिरोले गत वर्ष बडिगाड खोला थुनिर ताल बन्यो। ढोरपाटन-२ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो। ताल फुटाएर निकास दिन अढाई महिनाजति उनले प्रयास गरे।
केही उपाय लागेन। बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि ताललाई पर्यटकीय गन्तव्य बनाउन लागे। हिउँद लाग्दा तालमा डुंगा चल्न थाल्यो। थापासहित २७ कुमाल परिवारले डुंगा चलाएर आयआर्जन गरे। आन्तरिक पर्यटकको आवागमन बाक्लिँदै थियो। अन्य किराना, चनाचटपटको व्यापार बढ्दो थियो। तर, पर्यटक भित्र्याएर आम्दानी गर्ने स्थानीयको सपना ताल फुटेपछि चकनाचुर भएको छ।
स्थानीयवासी सुरुमा ताल सुकाउन लागेका थिए। जनप्रतिनिधि र अरूको कुरा सुनेपछि उनीहरूको सोच परिवर्तन भएको थियो। ‘तत्काल फुटाउने सम्भावना नदेखिएपछि यसलाई आम्दानीको स्रोत बनाउने सोच बनायौं’, स्थानीय चूडाबहादुर कुमालले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा र सपना पलाउँदै थियो। तर, प्रकृतिले हामीमाथि पटक-पटक अन्याय गर्यो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिल शिरीषले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण