सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेवारिसे भएपछि कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस

शुक्रबार, २४ साउन २०७६, ०७ : ४३
शुक्रबार, २४ साउन २०७६

उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन  रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । 

गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् ।

समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले नाराजुलुस थालेपछि सहसचिव रुद्रसिंह तामाङले विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए तर उधारो प्रतिबद्धता भन्दै कर्मचारीहरुले  आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप