सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

शुक्रबार, २४ साउन २०७६, ०८ : ०७
शुक्रबार, २४ साउन २०७६

छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । 

अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लागे ।

श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन । यो समाचार आजको गोरखापत्र दैनिकमा नेत्र शाहीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप