भूमाफियाले कब्जा गरे १३ रोपनी सार्वजनिक जग्गा
नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ ।
धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै रहेको सार्वजनिक २ रोपनी जमिन कब्जा गरी कित्ता नम्वर १४ मा मिसाएर प्लटिङ्ग गरिएको हो ।
कित्ता नम्वर १५ लाई कित्ता नम्वर १४ भित्रै पारी पास गरेका तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिसविना २२ रोपनी २ आना ३ दाम गरिएको छ ।
सार्वजनिक दुई रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको छ । पञ्चायत कालीन वडा अध्यक्षसमेत रहेका पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रवीन्द्र अधिकारीका नाममा सगोलनामा पास गरिदिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण