निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग
आइतबार, २६ साउन २०७६, ०८ : ०५
नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी सरकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन् । उनीहरुले सरकारी तलबभत्ता खाएका बहालवाला सुरक्षाकर्मीलाई पनि आफूसँगै लगेर दुरुपयोग गरेको पाइएको छ ।
सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षसँग सहज पहुँच भई काम लिन सजिलो हुने भएकाले निजी कम्पनीले सेवा निवृत्त प्रभावशाली उच्चअधिकारीलाई लिँदै आएका छन् । उनीहरुले काम गरेका निजी कम्पनीमा जलविद्युत्, उड्डयन, अस्पताल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, धार्मिक संघसंस्था, खेलकुद संघसंस्था छन् ।
पदमा रहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका त्यस्ता उच्च अधिकृत अहिले कर्पोरेट जागिरे भएका छन् । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण