१ महिनामै बिग्रिए सभापतिका ११ गाडी : अनियमितताको आशंका
सोमबार, २७ साउन २०७६, ०६ : ५८
संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् ।
सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका हुन् ।
सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण गराए ।
उनीहरुले गाडी खरिद प्रकरण छानबिन गर्न संसद्का तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने मागसमेत गरे ।
गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरुका लागि गाडी खरिद गरिएको हो । टेन्डरबाट गरिद गरिए पनि गाडीका पार्टपुर्जा नक्कली हालिएका हुन सक्ने सभापतिहरुको आशंका छ ।
यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मी र दुर्गा खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण