समायोजन रोज्ने प्रहरीलाई दुई ग्रेड
सोमबार, २७ साउन २०७६, ०७ : ५७
प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन) विधेयक पारित गरेको छ ।
राज्य व्यवस्था समितिले दुवै विधेयक विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभा पठाएको थियो । प्रनिनिधिसभामा सांसदहरुको छलफलपछि विधेयक पारित गरेका हुन् । गृहमन्त्री रामबहादुर थापाले दुवै विधेयक पारित गर्न प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए ।
समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ । प्रनिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेका थिए ।
यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण